‘पच्चीस पच्चीस’ को निर्माण घोषणा, मुख्य भूमिकामा अभिषेक र खुशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ को निर्माण घोषणा गरिएको छ। एक कार्यक्रमबीच फिल्मको शीर्षक सार्वजनिक गर्दै निर्माण टोली तथा मुख्य कलाकारबारे जानकारी गराइएको हो।

फिल्मको निर्देशन रंग पत्रकारिता तथा चलचित्र निर्देशनमा लामो अनुभव संगालेका निर्देशक सुब्रत आचार्य ले गर्नेछन्। यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यको यो तेस्रो फिचर फिल्म हो।

फिल्ममा अभिनेता अभिषेक खड्का र अभिनेत्री खुशी कार्की मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै अभिनेता प्रमोद अग्रहरी को पनि प्रमुख भूमिका रहने निर्माण पक्षले जनाएको छ।

यसै फिल्ममार्फत भारतको दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ) ले नेपाली चलचित्रमा डेब्यु गर्ने भएका छन्। सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेका उनी पहिलोपटक नेपाली फिल्ममा अभिनय गर्न लागेका हुन्।

फिल्मका निर्माता कर्ण कार्की हुन्। बैंकिङ, क्याफे, सलुन तथा एक्स्पोर्ट–इम्पोर्टलगायत विभिन्न व्यवसायमा संलग्न कार्कीले गत वर्ष ‘होस्टेल–३’ मार्फत चलचित्र निर्माण क्षेत्रमा प्रवेश गरेका थिए। ‘पच्चीस पच्चीस’ उनको दोस्रो चलचित्र परियोजना हो।

फिल्मको सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा छन्। प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

फिल्मको कथा निर्देशक सुब्रत आचार्य र जया आचार्यले तयार गरेका हुन् भने पटकथा सुशील देवकोटा ले लेखेका छन्। हरि हुमागाईं छायांकन निर्देशक रहनेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइनको जिम्मेवारी रोयल भीमसेन ले सम्हाल्नेछन्।

निर्माण पक्षका अनुसार छिट्टै छायांकनमा जाने तयारीमा रहेको ‘पच्चीस पच्चीस’ सामाजिक परिवेशमा आधारित कमेडी कथावस्तुमा निर्माण हुनेछ। फिल्मले मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश पनि दिने दाबी गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।