दिदीभाइको कथामा भावुक बनाउने ‘पार्वती’को टिजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा अटिजम भएकी दिदी र उनका भाइबीचको गहिरो माया तथा भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। दिदी ‘पार्वती’को भूमिकामा स्वयं नीता ढुङ्गाना र भाइको भूमिकामा अशोक दर्जी देखिएका छन्। दुवै पात्रबीचको आत्मीय सम्बन्धले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ।

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजरले कथावस्तुप्रति दर्शकमाझ उत्सुकता जगाएको छ। टिजर सम्पादन साहिल खानले गरेका हुन्।

यसअघि सार्वजनिक गरिएको फिल्मको रत्यौली गीत ‘नौतुना रेलैमा’ले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको छ।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको फिल्ममा मुख्य भूमिकामा उनी स्वयं देखिएकी छन्। फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको कथा र पटकथा नीता ढुङ्गानाकै रहे पनि स्क्रिप्ट लेखन शिवम् अधिकारीले गरेका हुन्। सुदीप बराल डीओपी रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।