‘मास्टर्नी’ को ताराबाजी लै लै मा प्रियंका, दुर्गेश, आयुष्मान र आर्यन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक गरिएको छ। गीतमा गायक दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ।

गीतमा दुर्गेशलाई गायिका वविना किरातीले स्वरमा साथ दिएकी छन्। फिल्मकी प्रमुख कलाकार तथा निर्माता प्रियंका कार्कीलाई उपहारस्वरूप दुर्गेशले उक्त गीत फिल्मको प्रचार–प्रसारका लागि उपलब्ध गराएको बताइएको छ।

प्रदीप लामाको कन्सेप्ट, कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको गीतको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर्ड छन्। भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका छन्।

आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ का निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की रहेका छन्।

फिल्ममा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय रहेको छ।

प्रियंका कार्कीको कथामा आधारित फिल्मको स्क्रिप्ट शान थापाले लेखेका हुन्। फिल्म भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।