ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।