काठमाडौँ कलिङ साहित्य महोत्सव सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण शनिबार ललितपुरस्थित होटल हिमालयमा सुरु भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले उद्घाटन गरेको दुई दिने महोत्सवमा नेपाल र भारतका साहित्यकार, कलाकार तथा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको छ।

महोत्सवमा प्यानल छलफल, कविता वाचन, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। आयोजकका अनुसार महोत्सवले नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।