काठमाडौं । २०८३ जेठ १० गते (२४ मे २०२६) आइतवार, ज्येष्ठ अधिक शुक्लपक्ष अष्टमी तिथि, १०ः३९ बजेपछि नवमी। मघा नक्षत्र, ७ः०८ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह।
मेषः
दैनिक आवश्यकता पूरा हुनेछन् । मिहिनेतको फल प्राप्त हुनेछ । एकअर्काको भावना बुझेर काम गर्नसके प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ । आँटे–ताकेको पूरा होला । परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ ।
वृषः
आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । रचनात्मक तथा उत्पादनमुखी काममा जुट्दा सफलता प्राप्त हुनेछ । । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।
मिथुनः
विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्य आम्दानि गर्न सकिनेछ । आज नयाँ ज्ञान सिक्ने समय रहेको छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् ।
कर्कटः
समय उत्साहवर्धक रहनेछ । रोकिएका काम पूरा हुनेछन् । आफन्त तथा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वादिष्ट भोजनको अवसर जुट्नेछ । थोरै बोलेर गरेको काम सफल बन्नेछ ।
सिंहः
आजको समय शुभ रहेको छ । डुब्न लागेको धन हात लाग्नेछ । लामो समयदेखि खोजेको आम्दानीका स्रोत पत्ता लाग्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ ।
कन्याः
नयाँ योजना तथा लगानीको लागि समय उपयुक्त छैन । मिहिनेतको प्रतिफल अरूले लिन सक्ने सम्भावना देखिन्छ । आज खर्च गर्दा विशेष ख्याल गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग रहेको छ ।
तुलाः
आज कुनै कुराले मनमा खुसी र शान्ति छाउनेछ । स्थानान्तरण या टाढाको यात्राको सम्भावना छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
बृश्चिकः
नयाँ काम सुरु गर्न अनुकूल समय छ । व्यापारमा लाभदायक स्थिति देखिन्छ । सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्ने योग रहेको छ ।
धनुः
धार्मिक, सामाजिक एवं सांस्कृतिक कार्यमा संलग्नता रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । पुराना रोकिएका कार्यहरू पनि पुनः प्रारम्भ हुनेछन् । उद्योग र व्यापार व्यावसायमा राम्रो फाइदाको योग छ ।
मकरः
दिन अलिक समस्यापूर्ण भएकाले आज तपाईंले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो पक्ष हुनेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ । नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला ।
कुम्भः
परिवारजनको सहयोगले आँटेको काम सम्पन्न हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि मधुरता छाउने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आज पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।
मीनः
केही कठिन परिस्थितिहरूको सामना गर्नु परे पनि धैर्यका साथ अघि बढेमा उपलब्धि प्राप्त हुनेछ । आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुनेछ ।

Comment