श्रीलंका टापुबाट सुरु भयो ‘महाराजधिराज’ को सुटिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महाराजधिराज को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको फिल्मको सुनसरीस्थित श्रीलंका टापुबाट छायांकन थालिएको हो ।

फिल्मको छायांकन श्रीलंका टापुमा एक सातासम्म चल्नेछ भने त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानमा खिचिने निर्माण टिमले जनाएको छ । चलचित्रको छायांकन तालिका ७० दिनको रहेको छ ।

परिच्छेद सेन को निर्देशनमा बन्न लागेको यो फिल्म सामाजिक पिरियड ड्रामा जनरामा आधारित रहेको बताइएको छ । चलचित्रको छायांकन नवराज थापा ले गरिरहेका छन् ।

फिल्ममा पुष्प खड्का, आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, केकी अधिकारी लगायतको अभिनय रहनेछ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेनकै लेखन रहेको छ भने प्रस्तुतकर्ता विराज विष्ट हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।