सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा सुरज पौडेल र अनु चौधरीको सुमधुर स्वर रहेको छ भने गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंले संगीत तथा एरेन्ज गरेका यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीले कोरियोग्राफी गरेका छन्। भिडिओमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मेकअप एकता भण्डारीले गरेकी छन् भने सम्पादन सौखिन तिमल्सिनाको रहेको छ। ग्राफिक डिजाइन सन्तोष पनेरुले गरेका छन्। म्युजिक भिडिओको निर्माता निल प्रसाद ईटनि रहेका छन्।

गायक सुरज पौडेलको आज सार्वजनिक भएको म्युजिक भिडिओ १० औ भिडिओ हो। आज सार्वजनिक भएको भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

भिडिओको छायांकन गुन्डु, भक्तपुरमा गरिएको छ। भिडिओमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।