चौबीस घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ।

आज बिहानसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ११३, राइड सेयरिङमा १८४, रातोबत्तीमा १५७, तीव्र गतिमा १२४, लेनक्रसमा २१९, सडक फुटपाथमा १२३, हर्न निषेधमा ७३, एकतर्फीमा १०५, अन्यमा एक हजार १९५ गरी दुई हजार २९३ चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार २९३ चालकलाई कारबाही गरिएको छ। कारबाहीबाट २४ लाख २६ हजार एक रुपैयाँ राजस्व दाखिला भएको छ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।