सामाजिक सञ्जालमाथिको प्रतिबन्ध एक साता पनि टिकेन, मन्त्रिपरिषद्को फुकुवा निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध अन्ततः हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका छन्।

मन्त्री गुरुङका अनुसार प्रतिबन्धकै कारण देशव्यापी आन्दोलन चर्किएको भन्दै सरकारलाई दबाब परेपछि प्रतिबन्ध हटाइएको हो। ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारण सामाजिक सञ्जाल खोल्ने निर्णय गरिएको हो,’ मन्त्री गुरुङले स्पष्ट पारे।

गत भदौ ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले १९ भदौदेखि फेसबुक, एक्ससहितका सामाजिक सञ्जाल बन्द गराएको थियो। तर सोमबार जेन–जी आन्दोलनमाथि गरिएको राज्य दमनमा डेढ दर्जनभन्दा बढी युवाको ज्यान गएपछि र सयौँ घाइते भएपछि सरकारमाथि तीव्र आलोचना र दबाब बढेको थियो।

गुरुङले सामाजिक सञ्जाल खोलिएको स्वीकार गर्दै पनि प्रतिबन्ध लगाउने निर्णयप्रति भने कुनै पश्चाताप नरहेको बताए। ‘तेरो देशको संविधान किन मान्ने भन्छ र अर्बौं रुपैयाँ लिन्छ भन्ने कुरा भएपछि र सर्वोच्चको आदेशपछि बन्द गरिएको थियो,’ उनले भने, ‘जेन–जीको सदासयता हामीप्रति देखियोस् भनेर अहिले खोलिएको हो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।