प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८% बोनस शेयर डिम्याट खातामा, दोस्रो बजारमा कारोबार खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको ८ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरिसकेको छ। अब उक्त बोनस शेयरहरू दोस्रो बजारमा समेत कारोबार योग्य बनेका छन्।

कम्पनीको ८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले लाभांश वितरणका लागि जेठ १६ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका शेयरधनीहरू बोनस र नगद लाभांशका लागि योग्य भएका छन्।

कम्पनीका अनुसार बोनस शेयरहरू नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) मा आवश्यक दर्ता तथा सूचीकृत प्रक्रिया पूरा गरी अभौतिक रूपमा कारोबार योग्य बनाइसकिएको छ।

यस्तै, जेठ १५ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूका हकमा भने बोनस शेयरहरू सम्बन्धित बैंक वा वित्तीय संस्थाको नाममा रोक्का गरिएको छ।

अब डिम्याट खातामा बोनस शेयर प्राप्त भइसकेकाले लगानीकर्ताहरूले दोस्रो बजारमा यसको कारोबार गर्न सक्नेछन्। कम्पनीले लगानीकर्ताहरूलाई समयमै लाभांश उपलब्ध गराउन समन्वय जारी राखेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।