आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

मंसिर २५ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।