सुशीला क्याबिनेटमा को–को बन्दै छन् थप मन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

उनले मन्त्रिपरिषद्मा ४ जना सदस्य थप गर्न लागेकी हुन् ।

स्रोतका अनुसार मन्त्री पदमा नियुक्त हुनेहरूमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुन् भने श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।