एशियन लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङमा स्तरोन्नति, वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इस्युअर रेटिङमा सुधार भएको छ। हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘आइआरएन ए माइनस’ बाट स्तरोन्नति गर्दै ‘आइआरएन ए’ मा सुधार गरेको हो।

यो रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्ने पर्याप्त क्षमता राखेको संकेत गर्दछ। रेटिङ सुधारका पछाडि कम्पनीको वित्तीय सूचकहरूमा देखिएको उल्लेख्य प्रगति प्रमुख कारण रहेको जनाइएको छ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले बीमाशुल्क आम्दानीमा १५ प्रतिशत, खुद बीमाशुल्क आम्दानीमा १४ प्रतिशत, नेटवर्थमा १४ प्रतिशत, सञ्चालन मुनाफामा १३ प्रतिशत र करपछिको मुनाफामा १८ प्रतिशतले वृद्धि गरेको छ। त्यसैगरी, चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जनमा २५ प्रतिशतको वृद्धि देखिएको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ पु¥याउन १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गरिसकेको छ।

कम्पनीले यही असार ३० गते बस्ने १७औं वार्षिक साधारण सभाबाट गत आवको मुनाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।