‘सीप मेला’: दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सीप मेला २०८२’ को दोस्रो दिनका कार्यक्रममा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता जनाएका छन् । मेलामा तालिमका लागि छानिएका (वैकल्पिकसहित) ३ हजार ५५ जनामध्ये १ हजार ४५५ जनाले सहभागी भएका छन् ।
बिहान ११ बजेदेखि सुरु भएका कक्षाहरू ३ वटा सिफ्टमा चलेका थिए । शुक्रबार बागबजारस्थित काठमाडौं मोडल कलेजमा चलाइएका कक्षाहरू ९० वटा थिए ।

कक्षाहरू करियर काउन्सिलिङ, उद्यमशीलता विकास र पेसागत दक्षता विषयमा केन्द्रित थिए । ती कक्षाहरू मोडल कलेज, इन्स्योर हेल्वटास नेपाल, नेपाल चेम्बर अफ कमर्सका प्रशिक्षकहरूले दिएको महानगरले जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।