अदालत जाने तयारीमा केदार कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर ।  प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी  प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।

सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहान काठमाडौं पुगेका मुख्यमन्त्रीको सचिवालयले  जनाएको  छ।

मुख्यमन्त्री  काठमाडौं पुगेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले  जानकारी दिए। मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन्। 

प्रदेश प्रमुख परशुराम खापुङले बधबार राति साढे १० बजे  नयाँ सरकार गठन आह्वान गरेका थिए। 

खापुङले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।