कांग्रेसका मन्त्रीहरू सामूहिक राजीनामाका लागि छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन्। स्वास्थ मन्त्री प्रदीप पौडेलको निवासमा जारी यो छलफलमा उनीहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेको जनाइएको छ।

पर्यटन मन्त्री बद्री पाण्डेको सचिवालयका अनुसार, “केही बेरमा सामूहिक राजीनामा दिने तयारीसाथ छलफल भइरहेको छ,” सचिवालयले जनाएको छ।

यसअघि पनि पार्टीभित्र सरकारको नीति र निर्णयलाई लिएर विवाद देखिएको थियो, र यो छलफल त्यसैको परिणामको रूपमा आएको अनुमान छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।