काठमाडौं। कृषि मन्त्री रामनाथ अधिकारीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। केही बेरअघि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी विजय अधिकारीले पुष्टि गरे।
बिजय अधिकारीका अनुसार, “कर्फ्यु छ, बाहिर निस्कन सकेको छैन। प्रधानमन्त्री र पार्टी सभापतिलाई उहाँले जानकारी गराइसक्नुभएको छ।”
नेता शेखर कोइरालाको आग्रहपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन्। कोइरालाले चिनबाटै राजीनामा दिन दबाब दिएका थिए भने अधिकारी उनका निकट स्रोत मानिन्छन्।
राजीनामासँगै कृषि मन्त्रालयमा नेतृत्व परिवर्तन हुने प्रक्रिया सुरु भएको छ।

Comment