आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन जेनजीलाई प्रधान सेनापतिको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली सेनाले आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन जेनजीलाई नेपाली सेनाको आग्रह गरेको छ।

प्रधान सेनापति अशोकराज सिग्देलले भिडिओ सन्देश जारी गरी वार्ताका लागि आह्वान गरेका हुन्।

आन्दोलनका क्रममा अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सिग्देलले धेरै जनधनको क्षति भइसकेको हुँदा क्षति हुन नदिन र शान्ति सुरक्षा, अमन चयन र शान्ति कायम गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन्। त्यस्तै सुरक्षाको प्रत्याभूति दिई रक्षा गर्नु हामी सबैको कर्तव्य भएकाले आन्दोलनका कार्यक्रम स्थागित गरी वार्तामा आउन उनले भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।