रौतहटमा विद्यालयका प्रधानाध्यापक ३ लाख घुससहित रँगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक  र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटेको अख्तियारको टोलीले दुवै जनालाई घुस लिँदालिँदै रँगेहात पक्राउ गरेको हो ।

रौतहटको ईशनाथ नगरपालिका स्थित रहेको वडा नम्बर ७ जोकहा–घिउरास्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयको हेडमास्टर राकेश ठाकुर र सहयोगी झाले शिक्षक करार सेवा अवधी नियुक्ती वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो ।

रौतहटको सरुठा चोकस्थितबाट दुवै जनालाई रँगेहात पक्राउ गरिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

अहिले प्रारम्भिक मुचुल्का उठाउने कार्य भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । मुचुल्का उठाएपछि दुवै जनालाई आजै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लग्ने तयारी गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।