नुवाकोटको पन्चकन्या गाउँपालिकामा १० शैय्याको अस्पताल भवन शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट। नुवाकोटको पन्चकन्या गाउँपालिकामा १० शैय्याको अस्पताल भवन शिलान्यास भएको छ । 

पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास कार्यक्रम अन्तर्गत नै उक्त भवन शिलान्यास भएको हो ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नुवाकोट निर्वाचन क्षेत्र न. १ का संघिय सांसद  माननीय हित बहादुर तामाङ, बिशेष अतिथि बागमती प्रदेश उपसभामुख माननीय राधिका तामाङ  र गाउँ पालिका प्रमुख र उपप्रमुखबाट भएको हो ।  

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको थियो।

७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ।

पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।