कांग्रेस उपसभापतिहरुको प्रशिक्षण कार्यक्रम सुरु , पाैडेल पक्ष गएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापतिहरुको प्रशिक्षण पार्टी केन्द्रीय कार्यलय सानेपामा चल्दैछ । 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बहिष्कार गरेको छ ।

देउवाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुधबार बिहान बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।

महाधिवेशनकोे कार्यतालिका आइसकेको अवस्थामा त्यता ध्यान नदिएर आचारसंहिता विपरित प्रशिक्षण बोलाइएकाले बहिष्कार गर्ने निर्णय भएको नेता बद्री पाण्डेले बताएका छन ।  उनले भने– ‘भेलाबाट महाधिवेशन प्रभावित पार्न प्रशिक्षण राखिएको भन्ने निश्कर्ष निकाल्यौँ ।’

पाण्डेका अनुसार भेलामा पौडेल र महामन्त्री डा। शशांक कोइरालाले उपसभापतिहरुलाई प्रशिक्षणमा नजान निर्देशन दिएका थिए । 

प्रतिष्ठानले जिल्ला उपसभापतिलाई एकदिने प्रशिक्षण राखेको हो । प्रतिष्ठानको संयोजक उपसभापति विमलेन्द्र निधि छन् ।

का‌ंग्रेसले अ‌ागामी चैतमा क्रियाशील सदस्यलाई पनि प्रशिक्षण दिँदैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।