add

सीमा सुरक्षामा सेना–सशस्त्र सहकार्य (भिडियाेसहित)






ActPro Nepal

|

१० फागुन, २०७७

|
800

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत रहेका ओलीले जंगी अड्डामा सेमिनारको सुरुवात गरेका हुन् ।

मन्त्रिपरिषद्बाट २३ असार २०७७ मा स्वीकृत भएको ‘राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना’ बमोजिम सेमिनारले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुको पहिचान गरी नीति निर्माणका लागि सरकारलाई सिफारिस गर्नेछ ।

सेमिनार मुख्य रुपमा शान्तिको समयमा तथा द्वन्द्व एवं असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्षहरु र सम्बद्ध विभिन्न निकायहरुको भूमिकामा केन्द्रित रहने जनाइएको छ । सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय तथा सीमा पारिका समकक्षीहरुसंगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने तरिकाहरु तथा सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषय वस्तुहरु समेत समेटिने जनाइएको छ ।

यस प्रकारका कार्यक्रमले नीति निर्माण एवं सीमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.