विगत एक महिना देखि (चार वर्ष अगाडि देखि सुरू भएको हाम्रो प्रेम सम्बन्धलाई ) सन्ध्याले विस्तारै विस्तारै लत्याउदै थिईन । मैले उनी बाट यस्तो व्यवहार कहिल्यै महसूस गरेको थिईन । एक मिनेट पनि उनी बाट म टाढा हुदाँ हतपत फोन गरेर मलाई नजिक बनाउन खोज्ने त्यो सन्ध्या यो नै हो त ! जब सन्ध्यासँग म नजिक हुन्थ्ये यहीँ सोच्न पुग्थे । हिजो घन्टौ भेट्दा झर्को नमान्ने सन्ध्या हिजो आज दुई मिनेट फोनमा बोल्दै गर्दा फोन काट्न हतार गर्छे । "राजन तिमी सँगको यो भेट अन्तिम हो । तिमीले दिएका हर चिज फिर्ता लिएर आई दिएकी छु । यो जुनिमा हाम्रो भेट यही सम्म रैछ सक्छौँ भने मलाई माफ गरि देऊ ..।" सन्ध्याले हातभरी मैले दिएका उपहारहरू मेरो अगाडि तेर्साएर यी शब्दहरू बोलि रहदा म उडि रहेको चरो एक्कासि भईमा खसे झै भए , मेरा दुई आँखाहरू बाट साउन महिनाको नारायणी नदिको बाढी झै पानी बग्न थाल्छन । सन्ध्याले मेरो शरीरमा चुमेका निल डामहरूको दाग ताजा नै थियो । प्रेमरूपी स्पर्शहरूको गन्ध राम्रो सँग मेटिन नपाउदै सन्ध्या मेरो अगाडि चार वर्ष अगाडि देखिको प्रेम सम्बन्ध टुक्राउन आईकी थिई । कति सजिलै भनि दिएकी "तिम्रो हर चिज फिर्ता गरिदिएकी छु ।" "सन्ध्या म बाट के गल्ती भयो हँ ? हाम्रो प्रेम सम्बन्ध सात जुनि सम्म हो तिमीले मेरा दुबै गालामा ओठले स्पर्श गर्दा भन्या हैन ? फेरी आज के भयो ? किन सम्बन्ध तोड्ने कुरो गर्दैछौँ ।" सन्ध्या चुपचाप मलाई हेरी मात्र रहन्छे । उसको दुबै आँखाहरू चैत्र महिनाको खडेरीमा सुकेको नदि झै सुक्का देखिएको थियो । उसलाई प्रेम सम्बन्ध तोड्नुमा अलिकति पनि पछुतो थिएन ।
"के भयो ? सन्ध्या किन चुपचाप बस्या ?
कति सजिलै भन्यौँ है तिम्रो हर चिज फिर्ता गरि दिए । अनि तिम्रो मुटुमा रहेको मेरो तस्विर फिर्ता गर्न सक्छौँ ??
मेरा अंग अंगमा तिम्रो प्रेमको स्पर्श छ त्यसलाई फिर्ता लैजान सक्छौँ ?"
ऊ एकोहोरो मलाई हेरी मात्र रहन्छे ।
"राजन हाम्रो सम्बन्ध यही सम्म मात्र रहेछ त मैले के गरौँ ?
तिम्रा हर प्रश्नहरूको जवाफ छैन म सँग केवल छ त अब तिमी सँग यो प्रेम सम्बन्ध सधैँ लाई अन्त्येष्टि गर्ने । तिमी बाट टाढा रहने । हामी दुईको बाटो अलग गराउने । हामि दुई कहिल्यै नदेखेको नभेटेको अपरिचित मान्छे झै बन्ने ।"
सन्ध्याका यी वाणरूपी शब्दले मेरो मनलाई छिन भरमा लल्याङ लुलुङ बनाई दिन्छ । मेरो होस सबै माथि आकाशमा उडेको महसूस हुन्छ । ठुलो मरभुमीमा पानीको प्यासले छटपटाई रहेको जनावर झै म छटपटाउन थाल्छु । मेरा आँखा अगाडि जुँँन झै चम्केली सन्ध्या लाई पनि औँसी झै अन्धकार देख्छु । चार वर्षको प्रेम सम्बन्ध छिन सेकेंडमा सकिएला भनेर मैले कहिल्यै सोचेको थिईन । विवाह,बच्चा,बुढोपन सबै सबै सपना देखेकी सन्ध्याले छिन भरमा प्रेम सम्बन्धलाई सिसा फुटाए झै फुटाउली भन्ने कहिल्यै कल्पना सम्म गरिन मैले ।
"तिम्रो हर चिज यही छ । राजन यी चार वर्षमा तिमीले दिएका सबै चिज मैले पोको बनाएर ल्याएकी छु । एक एक गरेर हेर्न सक्छौँ । यी सबै तिम्रा उपहार तिमी सँगै राख्न पनि सक्छौँ या जलाई दिन पनि अब मलाई तिमी सँगसँगै यी उपहारका पनि मतलब छैन ।
यो सोच की नदि केहि समय समुद्र सँग मिसियो र पछी नदिले आफ्नै गन्तव्य भेटाएर समुद्र बाट टाढियो ।"
अहः
अलिकति पनि पछुतो देखिएको थिएन सन्ध्याको मुहारमा । अनि उसले मलाई किन छोडि भनि रहेकी पनि थिईन । तिखा तिखा काडा जस्तै सब्दले मेरो हृदय लाई च्वास्स घोचि रहेकी थिई ।
गरिब भएर पो हो की ? हैन हैन उसको र मेरो स्थर उस्तै त छ । पक्कै दोस्रो कोहि भेटि । फेरी मैले भन्दा बढी उसलाई प्रेम गर्ने केटा यो संसारमा अरू को नै होला र ! हिजो सम्म राम्रै व्यवहार गरेकी सन्ध्याले आज यस्तो किन गर्दैछे ! घरी घरी यस्ता प्रश्नले मेरो मनले दिमाग लाई सोधि रहेको थियो ।
"राजन धेरै ढिलो हुन आट्यो मैले दिएका उपहार सबै जलाई दिनु है फेरी घरीघरी मेरो यादले तड्पाउने छ । अब आज नै हाम्रो अन्तिम भेट हो । फेसबुक, भाईबर र तिम्रो मोबाइल बाट मेरो नम्बर अनि फोटा डिलीट गरि देऊ है । सक्छौँ भने त्यो तिम्रो दिल बाट पनि ।"
सन्ध्याको घृणारूपी शब्दहरूले म उसको अगाडि बच्चा झै रून्छु,चिच्याउछु,कराउछु । "सन्ध्या मेरो मुटु हरेक अंग अंगमा तिमी छौँ तिम्रा उपहार जलाएर तिम्रो याद कहा मेटिन्छ र ? बरू सिधैँ मलाई जलाई देऊ अनि म बाट तिम्रो हर चिज सँधै लाई समाप्त हुने छ ।" एउटो नाबालक बच्चा आमाको अगाडि रोए झै म सन्ध्याको अगाडि यस्तै भन्दै रूदै थिए । तर मेरो रूवाई,चिच्याई सन्ध्याले केवल एकोहोरो हेरि मात्र रहेकी थिई । कसरी उसको मन पत्थर हुन सकेको ! मैले सुनेको थिए पुरूषको मन भन्दा महिलाको मन धेरै कमलो हुन्छ रे त्यसैले पुरूष भन्दा धेरै छिटो महिला रून्छन रे । तर यहाँ उल्टो भैँ रहेको थियो । एउटो पुरूष चिच्याउदै रूदै थियो आर्की महिला मुटु लाई पत्थर बनाएर तमसा हेर्दै थिई ।
"राजन अब त अति ढिलो भैँ सक्यो । अब तिमी मेरो लागि अपरिचित मान्छे हौँ ।
एउटा महिला अपरिचित पुरूष सँग धेरै साझ सम्म बस्नु राम्रो मान्दैन समाजले ।"
हिजो एउटै विस्तारामा रात बिताउन अगि बड्ने सन्ध्याले आज मलाई अपरिचित पुरूषको नामले पुकार्दै थिई । अनि समाज सँग डर मान्ने झै गर्दै थिई । संन्ध्याले मलाई धोका चाई किन दिदै छे यही अहिले सम्म बुझ्न सकेको छैन मैले । "सन्ध्या तिमी ले हाम्रो सम्बन्धलाई तोड्न चाई किन खोज्यौँ ?
मलाई तिम्रो जिन्दगी बाट टाढा बनाउन किन खोज्दै छौँ ?
मलाई तिम्रो सास भन्थ्यौँ फेरी सासलाई शरीर बाट टाढा किन बनाउदै छौँ ??
सन्ध्याको अगाडि मेरा दुबै खुट्टा खुम्च्याएर गोडाले जमीन लाई छुदै रूदै रूदै म उसबाट उत्तर खोज्न हतार गर्न थाल्छु ।
साचो प्रेम गर्नेहरूको विछोड कहिल्यै हुदैन भन्ने सुनेको थिए तर यो पनि मलाई झुट झै लाउन थालेको थियो । चार चार वर्ष सँगै बसेको जनावर आफुबाट टाढा हुदा त मन भित्र भित्रै पोल्छ मान्छेको तर सन्ध्या त झन मेरी प्रेमिका थिई,ज्यान थिई । उसले छाड्दै छु भन्दा म नतड्पिउ पनि कसरी ।
"तिमी लाई यथार्थ चान्न मन छ है ?
तिमी लाई मैले किन छाड्दै छु त्यो बुझ्न मन छ है ?
"हो सन्ध्या हो , मलाई यथार्थ बुझ्न मन छ ।"
पानी बाट निकालेर जमीनमा फालिएको माछो झै म सन्ध्याको अगाडि छटपटाई रहेको थिए ।
सन्ध्याले आफ्ना दुई हातले मेरा दुई हातमा समाएर जमीन बाट माथि उठाउछे । मैले उसलाई नजर लगाउन नै सकेको थिईन । सन्ध्याले एक्कासि मलाई आफ्नो अगालोमा बेर्छे । पानीमा माछो समाए झै उसले जोड सँग मलाई समाउछे । "राजन तिमी प्रेमको परिक्षामा पास भयौँ । कयौँ केटीहरू मलाई सधैँ यही भन्थे कि "केटाहरूले शरीर सँग मात्र प्रेम गर्छन,रूप सँग नजिक हुन्छन् , आफ्नो स्वार्थ पुरा गर्न प्रेम सम्बन्ध लाई झुट बोलेर अड्याई रहन्छन र अन्तमा धोका दिएर अरू सँग विहे गर्छन ।" म बुझ्न चाहान्थे तिम्रो प्रेम साचो प्रेम हो या शरीर सँगको प्रेम हो । म ती केटीहरू लाई जवाफ दिन चाहान्थे कि सबै केटा शरीर सँग मात्र प्रेम गर्दैनन् साचो प्रेम पनि गर्छन त्यो पनि मन देखि ।"
पानीमा डुबेको मान्छेलाई कसैले बचाएर जमीनमा सुताउदा जसरी उसले ढुक्कको लामो सास फेर्छ उसै गरि मैले ठूलै लामो सास फेर्छु । सन्ध्याको अगाडि मैले बोल्ने शब्द नै भेटाउदिन । सन्ध्याले आफ्नो काखमा मलाई लिई नै रहेकी थिई । केहि दिन देखि सन्ध्याले मलाई साचो प्रेमको परिक्षा लिई रहेकी रैछे । "केहि दुष्ट केवल शरीर प्राप्तीको लागि देखावटी प्रेम सम्बन्ध गास्ने नालायक केटाहरूको कारण हामि जस्तो साचो प्रेम गर्ने केटाहरूको प्रेम सम्बन्धलाई पनि सन्ध्या तिमी जस्तै हिजो आज कयौँ केटीहरूले शंकाको दृष्टिले हेर्न थालेका छन ।" मैले आफ्ना दुबै आँखाहरू बाट बगि रहेका आँशु पुस्दै सन्ध्या लाई अगालोमा बाध्दै भन्छु ।।।।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।