add

अबचेतन मन (Subconscious Mind) के हो ?






ActPro Nepal

|

१० असोज, २०८१

|
169

  • ई. मनोज आचार्य 

२१औ सताब्दी को बिश्वो समाज सामाजिक, आर्थिक, राजनीतिक, औधोगिक हरेक कुरा मा अगाडी बढ्दै छ, बिज्ञानको प्रयोग ले गरियका अनेक  चमत्कार र बिकाश ले हर कोहि लाइ अचम्मित त्युल्याउदै छ , जुन सामान्य मानिसहरु को कल्पना भन्दा बाहिर छ । यद्यपी त्यो चमत्कार, आध्यात्म र मानिस भित्र को चमत्कार  गर्न सक्ने जुन क्षमता छ त्यसको तुलनामा अत्यन्तै थोरै प्रतिशत मात्र हो। जति पनि कुराहरु भएका छन् त्यो पनि केवल सिमित मान्छे हरु बाट मात्र सम्भव भएको छ ।

हर कोहि सक्षम छन् तर किन केहि व्यक्ति मात्र देखिन्छन  ?

पूर्ण रुपमा आध्यात्मिक यात्रा मा रहेको व्यक्ति भन्दा बाहेक हर कोहि मानिस धनि हुन चाहान्छ  तर वास्तविक धन र सम्पति चाहि के हो ? त्यो पक्कै  बुज्न आबशेक छ ।  हर कोहि स्वस्थ र आकर्षक हुन चाहन्छ तर त्यसको सुत्र के हो ? हर कोहि  सफलता को शिखर चुम्न चाहान्छ तर त्यो सफलता  के हो ?  त्यो शिखर कहाँ छ ? यो हिमाल जस्तै होला सायद एउटा को शिखर मा पुगेसी फेरी अर्को शिखर देखिन्छ । त्यसकारण सफलता को कुनै बिन्दु छैन यसको जवाफ सायद आध्यात्म भन्दा बाहेक अन्त प्राप्त हुन कठिन छ । हर कोहि आफुलाई अरु भन्दा भिन्न र ठुलो देखाउन चाहन्छ तर त्यो भिन्नता के हो ? ठुलो र सानो को मापन को आधार के हो ? हर कोहि खुसि र सन्तुष्टि चाहन्छ तर त्यो कुरा कहा छ ? रित्तिनु मा छ वा भरिनु मा छ ?  पाउनु मा छ कि गुमाउनु मा छ ? हर कोहि आफुलाई सवल र सक्षम बनाउन चाहन्छ अनि हर कोहि प्रेम, इज्जत, सम्मान, प्रसंसा र कदर चाहान्छ त्यो कसरी प्राप्त हुन्छ ? त्याग र समर्पण मा पाइन्छ कि भय र घमन्ड मा पाइन्छ ? दान र करुणा मा छ कि  ज्ञान र भक्त्ति मा छ ? हर कोहि   सजिलो छिटो अनि तत्काल सबै कुरा पाउन चाहान्छ त्यो कसरि हुन्छ ? कोहि अत्यन्तै धनि, सक्षम र सबै कुरा सजिल्यै प्राप्त गर्ने कोहि अन्तन्तै गरिब, असक्षम अनि अथक प्रयास र संघर्ष ले नि  जहाँ को त्याही यस्तो कसरि हुन्छ ? सस्कार भाग्य र कर्मले हुन्छ कि मेहनत प्रयास र निरन्तरता ले हुन्छ ? अध्यात्म, सत्यता र इमान्दारिता ले हुन्छ कि कुनै सक्ति, चमत्कार र साधना ले हुन्छ ? आखिर गन्तब्य चाही कहाँ सम्म हो अनि पुग्नु पर्ने अनि प्राप्त गर्नु पर्ने चाहि के हो ? हुनु पर्ने चाहि  ठ्याकै के हो ? यी र यस्तै खालका धेरै प्रश्न हरु सायद धेरै व्यक्ति हरुमा हावी छ भन्ने लाग्छ ।

हामीले गरिरहेको कुरा, भोगिरहेको कुरा, खोजिरहेको कुरा, हिडिरहेको बाटो, देखिरहेको संसार, पढिरहेको कुरा, सिकिरहेको कुरा, सिकाइएका कुरा, देखाइएका कुरा, भनिएका कुरा अनि बनाइएक कुरा के ति पूर्ण सत्य होलान ? खैर यी सबै कुरा हरु को यथार्त सत्य, सब्दहरु मा ब्यक्त गर्न सकिदैन होला कतिपय कुरा सम्भव पनि नहोला अनि केहि सत्यताहरु प्रमाणीकरण गर्न पनि गाह्रो होला । तर यहाँ  भएका अधिकांस पश्न हरुको जबाफ अनि सामान्य आम मानिसहरु ले देखेको अनि खोजेको सफलता  सम्पति, भबिस्य, सम्बन्ध आदि कुराहरु सबै मानिसको अबचेतन मन यानेकि (Subconscious Mind) संग जोडियको छ ।

आउनुहोस केहि चर्चा गरौ:  म यहाँ केहि आध्यात्मिक, धार्मिक र अबचेतन मन संग सम्बन्धित पुस्तक हरु को अध्ययन पछी पाएको केहि साझा, रोचक अनि वास्तविक कुराहरु  व्यक्तिगत अनुभव को आधार मा प्रस्तुत गर्ने प्रयास गर्ने छु


के हो अबचेतन मन भनेको : अवचेतन मन भनेको हाम्रो चेतनात्मक जागरूकता बाहिरको एक मानसिक अवस्था हो, जसले स्वचालित रूपमा विचारहरू, भावनाहरू, र अनुभूतिहरूलाई निर्देशित गर्छ। यो हाम्रो गहिरो मानसिक तहमा क्रियाशील हुन्छ, जहाँ पुराना अनुभवहरू, बानीहरू, र विश्वासहरू संग्रहित रहन्छन्। अवचेतन मनले हामीलाई थाहा नपाइ अनेक कुराहरूलाई प्रभावित गर्छ, जस्तै हाम्रो बानी, निर्णय, र प्रतिक्रिया आदि । हाम्रो केहि धार्मिक पुस्तकहरु मा अझ यसरि ब्याख्या गरिन्छ । बौद्ध धर्ममा अवचेतन मनलाई 'विज्ञान' भनिन्छ, जसले गर्दा जन्म-जन्मान्तरका अनुभवहरू र कर्महरूको प्रभाव हुन्छ। ध्यान र मनको शुद्धीकरणको माध्यमबाट अवचेतन मनमा रहेका पूर्वाग्रह र संस्कारहरूलाई समाप्त गरेर निर्वाण प्राप्त गर्न सकिन्छ । त्यसै गरि भगवद् गीता मा अवचेतन मनलाई आत्मा र परमात्माको बीचको पुलको रूपमा देखाउँछ। यहाँ मानिसको मनलाई तीन तहमा विभाजन गरिएको छ—चित्त, मन, र बुद्धि। चित्त (अवचेतन) भनेको मानिसको मानसिक संरचना हो, जहाँ जीवनका अनुभव, इच्छा, र कर्महरूको गहिराइमा जोगाइराखिएको हुन्छ। त्यसैगरि  बाइबलले अवचेतन मनलाई मानिसको आध्यात्मिक जीवनको एक महत्त्वपूर्ण भागको रूपमा व्याख्या गर्छ। यसले मानिसको आन्तरिक आत्माको आवाजलाई सुन्न आवश्यक ठान्छ। विश्वास, प्रेम, र प्रार्थनाले मानिसको अवचेतन मनमा शान्ति र दिव्यता ल्याउन सक्छ भन्ने धार्मिक मान्यता पनि पाइन्छ।

अवचेतन मन भनेको हाम्रो चेतनात्मक जागरूकता बाहिरको एक मानसिक अवस्था हो, जसले स्वचालित रूपमा विचारहरू, भावनाहरू, र अनुभूतिहरूलाई निर्देशित गर्छ। यो हाम्रो गहिरो मानसिक तहमा क्रियाशील हुन्छ, जहाँ पुराना अनुभवहरू, बानीहरू, र विश्वासहरू संग्रहित रहन्छन्। 

समग्रमा, यी सबै पुस्तकहरूले अबचेतन मनलाई शक्तिशाली माध्यम मानेका छन् जसले हाम्रो जीवनको हरेक पक्षमा प्रभाव पार्न सक्छ। यसलाई सकारात्मक र सही तरिकाले उपयोग गर्नाले जीवन मा सबै कुरा प्राप्त गर्न सकिन्छ भनेर उल्लेख गरेको छ । यो संगै यहाँ केहि बिश्वो चर्चित पुस्तकहरु छन् जहाँ अबचेतन मन को बारेमा फरक फरक सैली र तरिकाले व्याख्या गरिएको छ । रोचक त के छ भने ति सबै पुस्तक हरु मा भएका कुराहरु सबै समान जस्तै छन् मात्र उदाहरण र व्याख्या अनि तरिका मात्र फरक छ , साथै सबै पुस्तकहरु  सनातन धार्मिक ग्रन्थ, फरक धर्म का आध्यात्मिक  पुस्तक बाट प्रभावित देखिन्छ । "The Power of Your Subconscious Mind" by Joseph Murphy, "Think and Grow Rich" by Napoleon Hill, "Breaking the Habit of Being Yourself" by Dr. Joe Dispenza, "The Biology of Belief" by Bruce H. Lipton, "Psycho-Cybernetics" by Maxwell Maltz, "You Are the Placebo" by Dr. Joe Dispenza, ”The Secret" by Rhonda Byrne, "Autobiography of a Yogi" by Paramahansa Yogananda, यी सबै पुस्तक अबचेतन मन र तेसको कार्य प्रणाली अनि हामीले कसरी अबचेतन मन को माद्यम बाट  सबै कुरा प्राप्त गर्न सक्षम हुन्छौ भनेर ब्याख्या गरिएको छ । यसमध्य "Autobiography of a Yogi" by Paramahansa Yogananda, अलि भिन्न र फरक सैली को पुस्तक हो । जोसेफ मर्फीले अबचेतन मनलाई मानिसको विश्वास र विचारले निर्देशित गर्न सकिन्छ भनेर बताउँछन्। नेपोलियन हिलले अबचेतन मनलाई धनी र सफल बन्ने एक प्रमुख कारकको रूपमा प्रस्तुत गर्छन्। यो पुस्तकमा मानिसको गहिरो विश्वास र इच्छाले अबचेतन मनमा प्रभाव पार्छ, जसले सफलताको लागि काम गर्न प्रेरित गर्छ भनियको छ , जो डिस्पेन्जाले मानिसले आफ्नो विचार, भावना, र व्यवहारलाई पुनःप्रशिक्षण गरेर पुराना आदतहरूलाई तोड्न र नयाँ वास्तविकता सिर्जना गर्न सक्छन् भन्छन्। ध्यान र मानसिक अभ्यासद्वारा अबचेतन मनमा परिवर्तन ल्याउन सकिन्छ भनेका छन् , ब्रुस लिप्टनले अबचेतन मनको जैविक दृष्टिकोणबाट व्याख्या गरेका छन्। उनी भन्छन् कि हाम्रो विश्वास र विचारहरूले हाम्रो शरीरका कोषहरूमा प्रभाव पार्छ। अबचेतन मनले जैविक रूपमा मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्छन भने योगानन्दजीले अबचेतन मनलाई आध्यात्मिक जागरणको साधनको रूपमा व्याख्या गर्छन्। यसमा ध्यान, योग, र आत्मानुभूतिको माध्यमबाट अबचेतन मनलाई शुद्ध गर्न सकिन्छ भनेर भनिएको छ। म्याक्सवेल माल्ट्जले भन्छन् कि मानिसले आफ्नो मानसिक छविलाई परिवर्तन गरेर आफ्नो जीवनको गुणस्तर सुधार गर्न सक्छन्। आत्म-विश्वास, आत्म-स्वीकृति, र मानसिक प्रोग्रामिङले अबचेतन मनलाई प्रभावित गर्न सकिन्छ। समग्रमा मा यी पुस्तकहरूले अबचेतन मनलाई एक शक्तिशाली शक्ति र साधनको रूपमा व्याख्या गरेका छन्, जसले मानिसको जीवनमा शारीरिक, मानसिक, र आध्यात्मिक परिवर्तन ल्याउन सक्छ। सकारात्मक सोच, आत्म-विश्वास, ध्यान, र मानसिक प्रशिक्षणले अबचेतन मनलाई प्रभाव पार्न सक्छ र मानिसको इच्छालाई वास्तविकतामा परिणत गर्न सक्ने क्षमता दिन्छ भनिएको छ  ।

अब अबचेतन मन ले कसरि काम गर्छ त्यो बारे बुझ्ने कोसिस गरौ : अबचेतन मन लाइ संदेश दिन र त्यो अनुरुप को कार्य गर्न को लागि प्रत्यक पुस्तक ले आफ्नो आफ्नो तरिका बताएका  छन् तर केहि कुरा यस्ता छन् जुन सबै मा अनिबार्य र समान छन् जस्तै


१. आत्म-संकेत (Autosuggestion) र सकारात्मक सोच

Positive Affirmations वा Autosuggestion लाई सबैले महत्त्व दिएका छन्। यी सबै पुस्तकहरूमा बारम्बार सकारात्मक सोचको शक्ति र त्यसले अबचेतन मनलाई कसरी प्रभावित गर्न सक्छ भन्ने कुरा उल्लेख गरिएको छ। सकारात्मक सोचले आत्मविश्वास बढाउने, सफलता प्राप्त गर्ने, र जीवनका चुनौतीहरूको सामना गर्न सक्ने बनाउँछ भनिएको छ ।

२. विश्वास र इच्छाशक्ति (Faith and Belief)

सबै पुस्तकहरू र ग्रन्थहरूले विश्वासको शक्ति (Power of Belief) लाई महत्त्व दिएका छन्। अबचेतन मनमा कुनै कुरा गहिरो रूपमा बसाल्न र परिणाम प्राप्त गर्न विश्वास आवश्यक हुन्छ।  यदि तपाईं कुनै कुरामा गहिरो विश्वास गर्नुहुन्छ भने, अबचेतन मन त्यसलाई वास्तविकतामा परिणत गर्न मद्दत पुर्‍याउँछ।

३. ध्यान (Meditation)

हरेक पुस्तक र  धार्मिक ग्रन्थहरूमा ध्यान र मानसिक शान्तिको महत्त्व उल्लेख गरिएको छ। यो अत्यन्तै महत्वोपुर्ण छ , ध्यानमार्फत अबचेतन मनलाई शान्त पार्न र नयाँ विचारहरूलाई प्रभावकारी रूपमा स्थापित गर्न सकिन्छ भनिएको छ । नियमित ध्यानले अबचेतन मनलाई सफा र केन्द्रित गराउँछ, जसले गर्दा हामीमा सकारात्म सोच को बिकाश हुन्छ र हामीले सोचेको अनि संदेश दिइएको कुरा सजिल्यै अबचेतन मन सम्म पुग्न सक्छ ।

४. भावनात्मक नियन्त्रण (Emotional Regulation):

भावनाहरूले अबचेतन मनमा गहिरो प्रभाव पार्छन्। यदि मानिस नकारात्मक भावना वा डरमा डुबेको छ भने, अबचेतन मन त्यसलाई वास्तविकतामा परिणत गर्न सक्छ। त्यसैले, सकारात्मक भावनाहरूलाई प्राथमिकता दिनु  पर्ने हुन्छ ।

५. Visualization (दृश्य कल्पना):

अबचेतन मनलाई सफलतापूर्वक निर्देशित गर्न तपाईंले पहिले आफूले चाहेको परिणामलाई स्पष्ट रूपमा मन को दृश्यमा परिणत गर्नुपर्छ। यसलाई तपाईंको मनले बारम्बार कल्पना गर्न पर्छ  जसले अबचेतन मनमा गहिरो प्रभाव पार्छ र तेसले बिस्तारै काम गर्दै जान्छ ।

६. प्रार्थना, आध्यात्मिकता र आभार ब्यक्त गर्नु (Prayer, Spirituality & Gratitude)

धार्मिक ग्रन्थहरू र पुस्तकहरूमा प्रार्थना र आध्यात्मिकता अबचेतन मनलाई शुद्ध गर्ने र ईश्वरसँगको सम्बन्धलाई बलियो बनाउने प्रमुख साधन मानिन्छ। साथै अन्य पुस्तक मा Gratitude को को निकै ठुलो भूमिका बर्णन गरिएको छ ।

७. निरन्तर अभ्यास (Repetition and Consistency):

निरन्तर अभ्यास र आत्म-संकेत बारम्बार गरेर अबचेतन मनलाई नयाँ धारणा र विचारमा अभ्यस्त बनाइन्छ। नियमितता र निरन्तरता नै सबै पुस्तकहरूले भनिएका मुख्य कुरा हुन् । कुनै पनि विचार वा लक्ष्यलाई बारम्बार दोहोर्‍याउनु अबचेतन मनमा प्रभाव पार्न आवश्यक छ ।

सबै पुस्तकहरूले अबचेतन मनलाई एक प्रकारको स्वचालित यन्त्रको रूपमा वर्णन गरेका छन्, जसले हामीले दिनभर सोच्ने, अनुभव गर्ने र विश्वास गर्ने कुराहरूको आधारमा काम गर्छ। यसले हाम्रो स्वचालित प्रतिक्रिया, निर्णय, र आनीबानीहरूलाई निर्धारित गर्छ। अबचेतन मनमा प्रवेश भएका विश्वासहरू र विचारहरू नै हाम्रो जीवनको मार्गदर्शन गर्छन्। सबै पुस्तकहरूले निष्कर्ष निकाल्दा, हाम्रो विचार र विश्वासलाई सकारात्मक रूपमा पुन: प्रोग्राम गरेर हामीले हाम्रो जीवनको कुनै पनि पक्षमा सुधार ल्याउन सक्छौं। हामीले सोच्ने कुरा, हामीले अनुभव गर्ने भावना, र हामीले गर्ने क्रियाकलापहरूलाई सचेत रूपमा परिवर्तन गरेर हाम्रो अबचेतनलाई पुनःप्रोग्राम गर्न सक्छौं। यसलाई प्राप्त गर्न नियमित अभ्यास, ध्यान, र आत्म-विश्वास अत्यन्तै धेरै आवश्यक छ।

के अब यो सब कुरा गर्न ले अबचेतन मन को programming गरेर सबै कुरा प्राप्त गर्न सकिन्छ त ? आज भोलि हरेक व्यक्ति सामाजिक संजाल, youtube का विभिन्न भिडियोहरु साथै हरेक पुस्तक को पहुच मा छन् , र कतिपय ले law of attraction, manifestation, meditation, visualization, आदि को अभ्याश गर्दै पनि आएको हुन्छ तर पनि अबचेतन मन प्रोग्राम भएको हुदैन, उल्टो मानिस निराश हुने र नकारात्मक हुन सक्छ, केवल पुस्तक पढ्दै मा र भिडियो हरु हेर्दैमा यो अलि असम्भव छ किनकि अबचेतन मन ले कार्य गर्नु पुर्व व्यक्ति पूर्ण रुपमा लाएक भएको हुनु पर्छ , र सहि मार्गदर्शन गरिदिने गुरु भएमा अझ धेरै मद्दत हुनेछ । लायक को अर्थ सामान्य भासामा मानिस र उसको अस्तित्वो  जे हो त्यहि नै रहनुपर्छ , उ सकेसम्म शान्त र सुक्ष्म रहन सक्नु  पर्छ । गलत बानि  ब्यबहार बाट टाढा रहनु पर्छ जस्तै : लागुपदार्थ सेवन नगर्ने, हत्या हिम्सा नगर्ने , झुट नबोल्ने, सकेसम्म कसैको चित्त नदुखाउने, कुनै पनि प्राणि लाइ कुनै पनि प्रकारले हानि नपुर्याउने, अत्यन्तै अनुशासन मा रहनु पर्छ  । अनि उसले खाने गरेको  कुरा, उसले संगत गर्ने मान्छे, उसले बोल्ने गरेको सब्दहरु, उसको मन मा आउने हरेक भाव लाइ धेरै विचार गर्नुपर्ने हुन्छ  ।  उसले गर्ने गरेको आध्यात्मिक तथा भौतिक कर्महरु यी सबै कुरा जब सहि दिशा तिर हुन्छ तब मात्र उ अबचेतन मन भित्र पस्न सक्षम हुन्छ । यी आधारभूत कुराहरु जब पुरा हुन्छन तब मानिसहरुमा  एक किसिमको खुसि, र आनन्द सहित शरीर मा  अर्कै किसिमको उर्जा  प्रभाव हुन्छ । त्यसकारण हामीले प्राप्त गर्ने सबै कुराहरु हाम्रो शरीर को उर्जा ( vibration) कस्तो छ भन्ने मा निर्भर हुन्छ , जब उच्चा  उर्जा शरीरमा प्रभाव हुन्छ तेस्पछी साधारणतया  मानिसहरुका सामान्य समस्या हरु आफै समाधान भएर जान्छ, र मानिस आफुले इछ्याको कुराहरु प्राप्ति को लागि अगाडी बढ्दै जान्छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.