काठमाडौं । टिकटक एनसेल नेपाल सुपर लिग (एनएसएल)को आगामी तेस्रो सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ।
फुटबल फ्यानहरूलाई एकताबद्ध गर्ने, लिगको उत्साह बढाउने तथा डिजिटल प्लेटफर्ममार्फत नेपाली फुटबललाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धतासहित टिकटकले एनएसएलसँग सहकार्य गरेको हो।
नेपाल सुपर लिग २०८० चैत १६ (मार्च २९) देखि काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ। एक महिनासम्म चल्ने प्रतियोगिताको फाइनल आगामी वैशाख १४ (अप्रिल २६) मा हुनेछ। यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता तथा प्रतियोगिताका हाइलाइटहरू प्रस्तुत गरिनेछ, जसले फ्यानहरूलाई प्रतियोगितासँग अझ नजिक ल्याउने विश्वास गरिएको छ।
एनएसएलका प्रशंसकहरू अहिले विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटकमा संलग्न भई कन्टेन्ट निर्माण तथा साझा गर्न सक्नेछन्। फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेन्डहरूबारे अपडेट रहन सक्नेछन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउने कम्पनीको भनाइ छ।
नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरी प्रतियोगिताका अविस्मरणीय क्षणहरू टिकटकमा सेयर गर्न सक्नेछन्। साथै, #CelebrateFootball ह्यासट्यागले युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ, जसले प्रयोगकर्ताहरूलाई एनएसएलसँग अझ बढी संलग्न बनाउने छ। यसबाहेक, फ्यानहरूले नेपाली फुटबलमा कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेससमेत प्राप्त गर्नेछन्।
टिकटक पछिल्ला केही वर्षमा नेपालमा खेलकुद तथा मनोरञ्जन कन्टेन्टको महत्त्वपूर्ण स्रोत एवम् प्रशंसक तथा क्रियटरहरूको जमघटस्थलको रूपमा विकसित भएको छ। प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी हुने यस प्लेटफर्मले प्रयोगकर्ताहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी तथा म्याच डे इभेन्टहरूबारे छलफल गर्ने अवसर प्रदान गर्छ।
टिकटक दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनेकी छन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरूमध्ये एक, एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं। यस साझेदारीमार्फत हामी टिकटकमा लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश फैलाउने लक्ष्य राखेका छौं।’
उनले थपिन्, ‘टिकटक नेपालमा पछिल्ला दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको छ। यसले अविश्वसनीय खेलकुद क्षणहरूलाई प्रवद्र्धन गर्ने र क्रियटरहरूलाई ती क्षणहरू पुनः सिर्जना तथा रिमिक्स गर्न सजिलो बनाउने अवसर प्रदान गर्छ। हामी फ्यानहरूलाई खेल्ने अनलाइन एरिना प्रदान गर्दै नेपाली समुदायलाई नेपालकै सबैभन्दा लोकप्रिय खेलकुद इभेन्टसँग क्रियसन र इन्गेजमेन्टका नयाँ तरिकाहरू उपलब्ध गराउनेछौं। आशा छ, हामी टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलहरूको लागि पनि फ्यानडमको केन्द्र बनाउनेछौं।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।