add

पिएम कप: आज अपराजित पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै






ActPro Nepal

|

६ चैत, २०८१

|
214

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । बिहीबार ६ खेलसम्म अपराजित रहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भैरहवा मैदानमा प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा भने लुम्बिनी र कर्णाली प्रदेशले सिद्धार्थनगरमा प्रतिस्पर्धा गर्दैछन् । दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

नेपाल पुलिस क्लबले ६ खेलसम्म अपराजित यात्रा कायम राखेको छ । बिहीबारको खेल सातौं हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको पुलिसले पहिलो खेलमा लुम्बिनीलाई ८७ रन, दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रन, तेस्रो खेलमा एपिएफ क्लबलाई २ विकेट, चौथो खेलमा मधेशलाई १९३ रन, पाँचौ खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ र छैटौं खेलमा गण्डकीलाई सात विकेटले हराएको छ । पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । बागमती भने पाँच खेलमा तीन खेल गुमाएर चार अंकसहित सातौं स्थानमा छ ।

यता लुम्बिनी प्रेदश आठ अंकसहित तेस्रो स्थानमा छ । ६ खेल खेल्दा चार खेलमा जित निकालेको लुम्बिनीले दुई खेल गुमाएको छ । कर्णाली प्रदेश भने अंक तालिकामा संघर्ष गरिराखेको छ । पाँचमा तीन खेल गुमाएर दुई जित दर्ता गरेको कर्णाली चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.