जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युरोपियन च्याम्पियनसिप फुटबलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा स्पेनले जर्मनीमाथि प्रतिस्पर्धात्मक खेलमा २-१ को रोमाञ्चक जित हासिल गर्‍यो।

घरेलु टोलीलाई स्तब्ध बनाउने क्रममा स्पेनले अतिरिक्त समयको अन्तिम मिनेट बाँकी रहँदा गोल गरेको थियो। निर्धारित समयको अन्तिम मिनेट बाँकि रहँदा जर्मनीले खेल १-१ गोलको बराबरीमा ल्याएको थियो। तर अतिरिक्त समयको १स य १९ औं मिनेटमा स्पेनले गोल गर्दै खेल २-१ ले आफ्नो पक्षमा पार्‍यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेनले ५३ औं मिनेटमा ड्यानी ओलमोको गोलमार्फत अग्रता लिएको थियव। तर फ्लोरियन वार्टजले ८९ औं मिनेटमा बराबरी गोल फर्काएसँगै खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको १ सय १९ औं मिनेटमा ड्यनी ओलमोको क्रसलाई मिकेल मेरिनोले हेड गर्दै खेल आफ्नो पक्षमा पारे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।