यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्। 

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ।  पाकिस्तानलाई  हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ। 

पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो। 

जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।