add

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा






ActPro Nepal

|

२ चैत, २०७९

|
462

काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुअर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।

३११ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ६ विकेटकाे क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल राेकिएपछि नेपाल डीएल  नियमअनुसार ९ रनले विजयी भएकाे हाे ।

यूएईलाई पराजित गरेसँगै नेपाल लिग टु को शीर्ष तीनमा परेर विश्वकप छनोटमा सिधै प्रवेश गरेको हो ।

नेपालका लागि गुल्सन झाले ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । त्यस्तै, भीम शार्कीले ६७ रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गरे । आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए । कुशल भुर्तेलले पनि अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए । कप्तान रोहितकुमार पौडेलले २५ बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाए ।

बलिङतर्फ यूएईका जुनाइद सिद्धिकले तीन र आयन अफ्जल खानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पायो । यूएईका लागि भ्रित्या अरभिन्दले र आसिफ खानले विष्फोटक ब्याटिङ गर्दै टिमलाई उकासे । आसिफ र भ्रित्याले १३५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । आसिफ खानले ४१ बलमा ११ छक्का र चार चौका प्रहार गर्दै १०१ रन बनाएर अविजित रहे । त्यस्तै, अरभिन्द ९४ रन मा आउट भए । अरभिन्दले १३८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । 

त्यस्तै, यूएईका कप्तान मोहम्मद वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । रोहन मुस्तफाले २०, सीपी रिजवानले सात, आर्यन लाक्राले ६ र आयन अफ्जल खानले तीन रन बनाए ।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए । दीपेन्द्रले आठ ओभरमा दुई मेडन ओभर राखेर १९ रन खर्चिएर दुई विकेट लिएका हुन् । ललितले १० ओभरमा २७ रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले १० ओभरमा ८० रन खर्चिए । उनी सर्वाधिक रन खर्चिने नेपाली बलर बने । सोमपालले ९ ओभरमा एक मेडन ओभर राख्दै ७४ रन खर्चिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.