add

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने






ActPro Nepal

|

५ वैशाख, २०७९

|
1094

काठमाडौं । इंग्यान्डको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन्।

वेम्बलीमा आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि चेल्सीले २–० को जित निकालेसँगै उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने पक्का भएको हो।

चेल्सीको जितमा रुबिन लोफ्टस चिक र मेसन माउन्टले गोल गरे। पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो।

खेलको ६५औं मिनेटमा रुबिनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको ११ मिनेटमै माउन्टले गोल गर्दै खेल २–० मा पुर्‍याए। बाँकी समय दुवै टोलीबाट गोल हुन सकेन।

यसअघि म्यान्चेस्टर सिटीलाई ३–२ ले हराउँदै लिभरपुल फाइनल पुगेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.