काठमाडौं । चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू कार्यक्रमस्थल पुगिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत कार्यक्रममा उपस्थित भएका छन्।
त्यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली र नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुन पनि कार्यक्रमस्थल पुगिसकेका छन्।
रास्वपाले महाधिवेशनको अवसरमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरेको जनाएको छ।







Comment