एकै मञ्‍चमा देखिँदै बालेन-रवि र गगन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू भरतपुर पुग्ने क्रम जारी रहेको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेर अघि चितवन पुगेका छन्। यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले) नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन्।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत पनि चितवन पुगिसकेका छन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा एकै मञ्चमा देखिने कार्यक्रम रहेको छ। कांग्रेसका तर्फबाट गगन थापाले शुभकामना मन्तव्य राख्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।