दिनदिनै बढ्दै कोरोना संक्रमित, यी अस्पतालमा गर्न सकिन्छ निःशुल्क उपचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न अस्पताल तोकेको छ । गम्भीर तथा मध्यम अवस्थाका कोभिड संक्रमितको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ वटा अस्पताल तोकेको हो । संक्रमितको उपचार गराएबापत् ती अस्पताललाई अनुदान दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन्।

विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ बागलुङको धौलागिरी अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत‚ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।

सरकारले तोकेका यी अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। तर सबै बिरामीको भने यी अस्पतालमा निःशुल्क उपचार हुँदैन।

स्वास्थ्य मन्त्रालयका अनुसार मध्यम र जटिल अवस्थाका संक्रमितको मात्र यी अस्पतालमा निःशुल्क उपचार हुन्छ। सामान्य लक्षण भएका संक्रमितहरूको भने निःशुल्क उपचार हुँदैन।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।