add

आइफोन-१६ सिरिज सार्वजनिक, के छन् फिचर, कति पर्छ मूल्य?






ActPro Nepal

|

२५ भदौ, २०८१

|
126

काठमाडौं । विश्व प्रसिद्ध टेक जायन्ट एप्पलले वहुप्रतिक्षित आइफोनको १६ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार राति अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गर्दै नयाँ सिरिजका फोन तथा ग्याजेट सार्वजनिक गरेको हो ।

एप्पले आइफनेन १६ सिरिज अन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन प्रो म्याक्स सार्वजनिक गरेको हो । त्यसैगरी, कम्पनीले एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा २, एयरपड-४, एयरपड म्याक्स लन्च गरेको छ ।

आइफोन १६ सिरिजका फोनहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । यसलाई एप्पलका उच्च अधिकारीहरुले नयाँ यात्रा भनेका छन् ।

तर उक्त एप्पल इन्टेलिजेन्स बिटा भर्सनमा केही देशमा उपलब्ध हुनेछ । आइफोन १६ को स्क्रीन साइज ६.१ इन्च, आइफोन १६ प्लसको ६.७ इन्च, आइफोन १६ प्रोको ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च रहेको छ ।

यससँगै आईफोन १६ प्रोम्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आइफोन पनि हो । यस्तै क्यामेरा कन्ट्रोल फिचरमा भने नयाँ एक्सन बटन जडान गरिएको छ । साथै चिपसेटको सन्दर्भमा नयाँ सिरिजमा ए १८ चिपसेट उपलब्ध गराएको छ ।

आइफोन १६ मा ४८-मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, प्रो मोडलहरूमा रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर राखिएको छ र कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलोपटक यस्तो सुविधा ल्याइएको दाबी गरेको छ । मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

यही वर्षको अन्त्यसम्ममा सार्वजनिक गरिने भनिएको भ्वाइस मेमो एपमा भने एउटा अडियोमाथि अर्को अडियो राख्न मिल्ने गरी ‘ट्रयाक लेयर’ सुविधाले संगीतकर्मी, पडकास्टरलगायतलाई अडियो मिक्सका लागि सहजता उपलब्ध गराउने भनिएको छ ।

कम्पनीले आइफोन-१६ को ७९९ डलर, आइफोन-१६ प्लसको ८९९ डलर, आइफोन-१६ प्रो को ९९९ डलर र आइफोन १६ प्रो म्याक्सको ११९९ डलर मूल्य तोकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.