add

फेसबुक कम्पनीको नयाँ नाम ‘मेटा’






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
925

न्युयोर्क । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर 'मेटा' राखिएको जानाकारी दिए ।

मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिउँ,’ उनले भने । 

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ । 

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.