add

आज भदौ २९ गते शुक्रवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२९ भदौ, २०८०

|
1235

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० भदाै २९ गते, शुक्रवार, १५ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष औँसी तिथि, प्रातः ६ः२२ बजेपछि प्रतिपदा। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह, १२ः०४ बजेपछि कन्या।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

दिन राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

खुसी बढ्नेछ। प्रशंसा पाउने दिन छ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.