तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तामाङ समुदायले आइतबार सोनाम ल्होछार मनाउँदै छन्।

सोनाम ल्होछारका अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको छ। दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङले जनाएको छ।

सो अवसरमा तामाङ समुदायको संस्कृति झल्कने खानाका परिकार, भेषभूषा, हस्तकलासहित नृत्य प्रस्तुत गरिने घेदुङका कार्यवाहक महासचिव जगतमान लामा तामाङले बताए। सोनाम ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्छन्।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गर्छन्। €

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।