add

गुरुकुल पुनः सञ्चालनका लागि एक करोड बढी संकलन






ActPro Nepal

|

१६ पुष, २०७८

|
888

बाग्लङ । बाग्लुङको काठेखोला गाउँपालिका-५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकुल पुनः सञ्चालनका लागि एक करोड ३० लाख संकलन भएको छ । विसं २०५८ सालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भइरहेका बेला पाठशालाका लागि दाताहरूले सहयोग जुटाएका हुन् ।

पाठशाला पुनः सञ्चालनका लागि आगामी माघ १ देखि ७ गतेसम्म बिहुँकोटको रामकोट मन्दिरमा धार्मिक महोत्सवको आयोजना गरिएको छ । महोत्सवको पूर्वतयारीकै क्रममा उक्त रकम संकलन भइसकेको मूल आयोजक समितिका सहसंयोजक गौरीशङ्कर शर्माले बताए । उनले मूल आयोजक समितिले देश-विदेशमा रहेका दाताले उक्त रकम मूल आयोजक समितिलाई उपलब्ध गराइसकेको जानकारी गराए ।

धार्मिक महोत्सवबाट चार करोड बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ । महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सस्शत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द भएको थियो ।

रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा गुरुकुल सञ्चालनमा आएको थियो । समाजकै परिकल्पना र सङ्कल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताए ।

महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ विभाग गठन गरी कामको जिम्मेवारी दिइएको छ । महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ ।

गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।

रामकोटधामका प्रधान संरक्षक एवं राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राखेका छन् । उनले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.