पुँजी बजारमा देखिएको शिथिलता हटाउन अर्को साता १० देखि १२ बुँदे कार्यक्रम ल्याउँदै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई चलायमान बनाउन सरकारले आगामी सोमबारभित्र १० देखि १२ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पुँजी बजारमा देखिएको शिथिलता हटाउन तथा आर्थिक गतिविधि विस्तार गर्न सुधारका कार्यक्रम ल्याउन लागिएको जानकारी दिए।

“अर्को सोमबारभित्रमा हामी १०–१२ बुँदे सेयर मार्केटसँग सम्बन्धित केही सुधारका कार्यक्रम लिएर आउँछौं। यसले बजारलाई केही राहत दिनुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” अर्थमन्त्री वाग्लेले भने।

उनले सरकारले पुँजी बजार सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै विगत एक दशकमा भएको अत्यधिक कर्जा विस्तारका कारण उत्पन्न जटिलताहरू व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए।

नेपालमा निजी क्षेत्रमा प्रवाह भएको कर्जा कुल गार्हस्थ्य उत्पादन (जीडीपी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।