add

सरकारविरुद्ध खनिए बालेन : ‘एक हप्ताभित्र तलब नआए सबैलाई टुकुचामा गाड्छु’






ActPro Nepal

|

११ चैत, २०८१

|
428

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको बताएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै मेयर शाहले अबको एक हप्ताभित्र कर्मचारीहरूले तलब नपाए कडा कदम चाल्ने चेतावनी दिए। उनले सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, “काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत ३ महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु! त्यसपछि हेरौँला तिमीहरूका के–के तन्त्र छन्!”

महानगरका कर्मचारीहरूले लामो समयदेखि तलब नपाउँदा उनीहरू आर्थिक संकटमा परेको गुनासो गरिरहेका छन्। मेयर शाहले यस विषयमा सरकारको ढिलासुस्ती र असहयोगका कारण समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।

यसअघि पनि बालेन शाहले सरकारसँग विभिन्न विषयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। अब सरकारको प्रतिक्रिया कस्तो आउँछ र काठमाडौं महानगरका कर्मचारीहरूले तलब कहिले पाउँछन् भन्ने विषयमा चासो बढेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.