काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिं महरले आजको तीनकुने आसपासको राजावादी प्रदर्शनलाई 'ओली र प्रचण्डको मार्सी भोजको नतिजा' भन्ने टिप्पणी गरेका छन्।
उनले फेसबुकमार्फत यस घटनाको सन्दर्भमा भने, "खासमा खोतल्दै जाँदा, दुर्गा प्रसाईंजी, केपी ओलीजी र प्रचण्डजीको संयुक्त मार्सी भोजको फाईनल नतिजा हो, आजको घटना।"
महरले यसै क्रममा अराजकतावादको विरुद्ध आफूहरू सधैँ कटिबद्ध रहेको भन्दै, "सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प तानाशाही हुन सक्दैन," भन्नु भएको छ। उनले आजको घटनालाई देशको लोकतान्त्रिक प्रक्रिया र शान्तिपूर्ण व्यवस्थाका लागि ठूलो चुनौतीको रूपमा हेरेका छन्।
आजको राजावादी प्रदर्शनमा काठमाडौंको तीनकुने क्षेत्रमा झडप र हिंसा भइ दुईजनाको मृत्यु भएको छ भने केही घर र गाडीमा आगजनी गरिएको र केही पसलमा लुटपाट भएको रिपोर्ट गरिएको छ। सुरक्षा व्यवस्था कडा पार्दै प्रशासनले घटनाको नियन्त्रणमा लिने प्रयास जारी राखेको छ।
महरको भनाइमा यो प्रदर्शन नेपालका दुई प्रमुख दलका नेता केपी ओली र प्रचण्डका बीचको गठबन्धनको परिणाम भएको संकेत गरिएको छ, जसले विभिन्न दलका समर्थक र प्रदर्शनकारीलाई आक्रोशित पारिरहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।