add

'जनताले सांसद पत्याएनन् 'सिंहदरबार जलाउँछु' भन्दा पनि मेयरको पछि लागे'






ActPro Nepal

|

१९ भदौ, २०८०

|
287

काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले जनतामा सांसद र सरकारमाथि विश्वास घटेको बताएका छन् । 


मंगलबार समिति बैठकमा बोल्ने सांसदहरूले सरकार र राजनीतिप्रति विश्वास घटेकै कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आपत्तिजनक भाषामा टीकाटिप्पणी गर्दासमेत जनताले उनलाई साथ दिइरहेको बताए । 

बैठकमा नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा फैलिएको बताइन् । मेयर शाहले 'सिंहदरबार जलाउँछु' भनेर अर्मायादित टिप्पणी गर्दासमेत जनता उनकै पछि लागेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । 

अर्की सांसद सरिता प्रसाईंले पनि जनताले सांसदलाई नपत्याउनु गम्भीर विषय भएको बताइन् । “मेयरले आगो लगाउँछु भन्दा समर्थन उतै छ । जनताले सांसदहरूलाई किन पत्याएको छैन ? यो गम्भीर छ,” उनले भनिन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.