add

नारायण घिमिरे भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको सदस्यमा नियुक्त






ActPro Nepal

|

२९ पुष, २०८१

|
85

नुवाकोट । नेकपा (एमाले) नुवाकोटका युवा नेता नारायण घिमिरे भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको सदस्यमा नियुक्त भएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै  घिमिरेलाइ सदस्यमा नियुक्त गरेको हो ।  साथै आयोग नुवाकोटको अध्यक्षमा नेपाली कांग्रेसका नेता अर्जुन न्यौपानेलाइ नियुक्त गर्ने निर्णय गरेको छ । 

भने अर्का सदस्यमा  कल्पना पाण्डे न्यौपानेलाई नियुक्त गरिएको छ ।   न्यौपाने र घिमिरेले नुवाकोटको राजनीतिमा दुइ दशकबढी बिताएका छन । आयोगले जिल्लाको भूमि सम्बन्धी समस्या समाधानका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ ।

सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख। को उपदफा ९६० बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग यसअघि नै गठन गरेको थियो जसको कार्यकाल ३ वर्षको रहेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी भएकाले सरकारले आयोग गठन गरेको थियो । 

भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भए पनि कतिपय भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण आवश्यक थियो ।

भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयमा यस आयोगले काम गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.