add

‘विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनु हुन्छ’: परराष्ट्र मन्त्री






ActPro Nepal

|

२९ पुष, २०८१

|
56

काठमाडौँ। परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको पहल भइरहेको बताएकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको बताइन्।

उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।

उनले विपीन रिहा हुने आशा व्यक्त गरिन् । उनले भनिन्,'विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ। उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ।'

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.