add

गेर्खु कांग्रेसमा चर्कियो विवाद, सभापतिसहित सबैले दिए सामूहिक राजीनामा






ActPro Nepal

|

१४ भदौ, २०८०

|
1234

नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का पदाधिकारीहरुले पदबाट सामुहिक राजीनामा दिएका छन् ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण विदुर नगरपालिका वडा नं ११ का इकाई सभापतिसहित सचिव र कोषाध्यक्षले पदबबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कार्यवहाक सभापति ज्ञानप्रसाद प्याकुरेल ,सचिव नमराज चालिसे र कोषाध्यक्ष खुल प्रसाद तिमिल्सिना सहित अन्य १९ जना  सदस्यहरु रहेका छन् ।

उनीहरुले राजीनामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेश महत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत लामा र विदुर नगरपालिकाका नगर सभापति हरिलाल श्रेष्ठलाई बुझाउने तयारी गरेका छन् ।

सभापति सहित पदाधिकारीहरुले विकास निर्माणमा आफ्नो वडालाई पछि पारिएको, पार्टीभित्र गुट मौलाएको लगायतका विषय उल्लेख गर्दै राजीनामा दिएका छन् । राजीनामा पत्रमा आफूहरुले उठाएको विषयहरुमा सम्बोधन हुने विश्वास उनीहरुले गरेका छन्।

यस्तै नगरपालिकामार्फत हुने विकास निर्माणमा पार्टीको सहयोग नभएको, वडामा बजेट विनियोजन गर्दा भेदभाव गरेको लगायतको आरोप लगाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.