add

रास्वपाले निलम्बन गरेका सांसद श्रेष्ठ भन्छन्- सांसद बन्न तीन करोड बुझाएको थिइनँ






ActPro Nepal

|

१२ जेठ, २०८०

|
312

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका छन्।

बिहीबार विज्ञप्ति जारी गरी उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्। यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यसले आफ्नो र पार्टीको चरित्रहत्या भएको बताएका छन्।

आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको  चरित्रहत्या गरे कानूनी कारबाहीका जाने चेतावनीसमेत उनले दिएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.