रामसहाय उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेलाई प्रोत्साहन मिल्योः उपेन्द्र यादव

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेलाई प्रोत्साहन मिल्योः उपेन्द्र यादव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्। 

शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतीकको रुपमा रहेको सुनाए।

उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए। उनले नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको प्रतिक्रिया दिए।

त्यसैगरी, सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। उनले यादवको विजयमा गठबन्धन दलहरू खुशी भएको बताए। 

‘लोकतान्त्रिक प्रक्रियामा लोकतान्त्रिक प्रतिस्पर्धा र स्वाभाविक रुपमा अरु उम्मेदवारहरू भन्दा उहाँले धेरै भोट ल्याउनुभयो। विजय प्राप्त गर्नुभयो। यसलाई स्वाभाविक रुपमा लिनुपर्छ। र, हामी विशेषगरी उहाँलाई समर्थन गरेर जिताउने दलहरू खुशी छौँ’, खड्काले भने,  ‘हाममी उहाँलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट धेरै धेरै बधाई दिन चाहन्छौँ।’

Recent Comments

No comments to show.