add

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक






ActPro Nepal

|

७ असार, २०७९

|
738

काठमाडौं। स्थानीय चुनावको समीक्षा गर्न नेकपा (एकीकृत समाजवादी) ले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एकीकृत समाजवादीले आशा गरिएअनुसार, जित हासिल गर्न सकेको थिएन। पाँच दलीय गठबन्धनमा सहभागी दलहरुले सहयोग नगरेको एकीकृत समाजवादीका नेताहरु आरोप लगाउँदै आएका छन्।

यसअघि चुनावकै विषयमा केन्द्रित भएर स्थायी कमिटी बैठकमा समीक्षा गरिएको थियो। स्थायी कमिटीले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

जसअनुसार, असार १० गते पोलिट ब्यूरो बैठक बोलाइएको छ। त्यसमा स्थानीय चुनावको समीक्षा हुने जनाइएको छ। पोलिट ब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकका अजेन्डा पनि तय गर्नेछ।

त्यसपछि असार ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। यसमा पनि स्थानीय चुनावको समीक्षासँगै आगामी संघ र प्रदेश सभाको चुनावको तयारीका विषयमा छलफल हुने जनाइएको छ।

केन्द्रीय कमिटी बैठकपछि एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक बोलाएको छ। केन्द्रीय परिषद् बैठक असार १३ र १४ गते बस्ने भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.