हाथवे इन्भेष्टमेन्टले सुगर मिल र जलविद्युत् आयोजनामा ४० करोड लगानी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले उत्पादनमूलक उद्योग र ऊर्जा क्षेत्रमा ४० करोड रुपैयाँसम्म दीर्घकालीन लगानी गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाथवे इन्भेष्टमेन्टले उत्पादनमूलक उद्योग र ऊर्जा क्षेत्रमा ४० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीको २३५ औं सञ्चालक समिति बैठकले चिनी उद्योगतर्फ विजय श्री सुगर मिल्स लिमिटेडको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता संस्थापक सेयरमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

यस्तै, ऊर्जा क्षेत्रतर्फ भिजन टेस्ला पावर प्रालिले संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माण गरिरहेको २४.९२१ मेगावाट क्षमताको ‘इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्ट’ मा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

यस आयोजनाका लागि कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ ।

कम्पनीले आफ्नो दीर्घकालीन लगानी नीतिअनुरूप प्रतिफल सुनिश्चित गर्न पोर्टफोलियो विस्तार गर्दै यी दुई कम्पनीमा कुल ४० करोड रुपैयाँ बराबरको संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।